पुरानो साटौँ, नयाँ बजाज चढौँ: बहादुरगन्जमा बजाज एक्सचेन्ज मेला सुरु

पुरानो साटौँ, नयाँ बजाज चढौँ: बहादुरगन्जमा बजाज एक्सचेन्ज मेला सुरु
कपिलवस्तु, असार ७

नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकल एक्सचेन्ज मेला कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा सुरु भएको छ। बजाज बाइकको अधिकृत बिक्रेता जिनत अटो मोटिभको आयोजनामा सञ्चालन भएको मेला असार १२ गतेसम्म चल्नेछ।
मेलामा ग्राहकले आफूसँग रहेका जुनसुकै कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ बजाज बाइक खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। पुराना सवारी साधनको उचित मूल्याङ्कन गरी आकर्षक एक्सचेन्ज बोनस प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार मेलामा नयाँ बजाज खरिद गर्ने ग्राहकलाई विशेष छुट, सहज फाइनान्स सुविधा तथा विभिन्न उपहार योजनासमेत उपलब्ध गराइएको छ। विशेषगरी नागरिकताको आधारमै सहज किस्ताबन्दी (फाइनान्स) सुविधा प्रदान गरिएकाले सीमित आम्दानी भएका ग्राहकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
बहादुरगन्जस्थित शाह फिलिङ सेन्टर परिसरमा सञ्चालन भइरहेको मेलामा बजाजका विभिन्न मोडलका मोटरसाइकल  प्रदर्शनीमा राखिएका छन्। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार सवारी साधन छनोट गर्न सक्ने व्यवस्था मिलाइएको  हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का उपप्रवन्धक प्रकाश शर्माले बताउनु भयो

 

प्रतिक्रिया
सम्बन्धित खवर