रिपोर्टस क्लब नेपाल कपिलवस्तुको पहिलो बैठक

कपिलवस्तु –
रिपोर्टस क्लब नेपाल कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष नवराज पौडेलको अध्यक्षतामा चन्द्रौटामा भएको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा सक्रिय पत्रकार रामअवतार चौधरीलाई जिल्ला कार्यसमितिमा मनोनित गरिएको छ।

यसैगरी, बैठकले परिचयात्मक कार्यक्रम तथा वनभोज कार्यक्रम आयोजना गर्ने, सल्लाहकार सदस्यहरू चयन गर्ने, बैंक खाता सञ्चालन गर्ने, सदस्यता कार्ड बनाउने लगायतका निर्णयहरू गरेको छ। सल्लाहकार समितिमा राजु खराल, सनिउल्ला धोबी, चिन्ता परीयार, संजीव गहतराज, गिता पौडेल, मनिष गुप्ता, माधव बेल्वासे, र अंकुश श्रिवास्तवलाई चयन गरिएको छ।
त्यसैगरी, क्लबका अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर रहने गरी रिपोर्टस क्लब नेपाल कपिलवस्तुको बैंक खाता सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरूले रिपोर्टस क्लबलाई अझ सक्रिय र चलायमान बनाउन के गर्ने भन्ने विषयमा छलफल गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ