लुम्बिनीमा शान्ति पदयात्रा कार्यक्रम हुँदै
कपिलवस्तु, जेठ ३१ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा लुम्बिनीमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार “शान्ति पदयात्रा कार्यक्रम” आगामी २०८३ साल असार १ गते बिहान ६:३० बजे लुम्बिनी विकास कोष परिसर, विश्व शान्ति दीप अगाडिबाट सुरु हुनेछ ।
प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने, शान्ति तथा सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिने यस कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन् ।














