शिवराज ४ मा ३ दिने नेतृत्व विकास तालिमको शुभारम्भ

वडा नम्बर ४ मा ३ दिने नेतृत्व विकास तालिमको शुभारम्भ

नवराज पौडेल कपिलवस्तु
शिवराज नगरपालिका वडा नम्बर ४ मा स्थानीयवासीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि ३ दिने तालिमको शुभारम्भ भएको छ। यस तालिमको मुख्य उद्देश्य वडावासीलाइ सार्वजनिक सरोकारका विभिन्न क्षेत्रमा सक्रिय र अर्थपूर्ण सहभागिता जनाउन सक्षम बनाउनु रहेको जनाइएको छ  जसले उनीहरूको सरकारी र गैरसरकारी निकायहरूमा प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्नेछ।

 


वडा अध्यक्ष नसिम अहमद खानले तालिममार्फत स्थानीयवासीहरूलाई नेतृत्व विकास र प्रस्तावना लेखनका क्षेत्रमा दक्ष बनाउने उहाँले बताउनु भयो    “स्थानीय तहका योजनाहरू र कार्यक्रमहरूमा नागरिकहरूको सहभागीता महत्त्वपूर्ण छ र यसले स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने खानले बताउनु भयो ।
कपिलवस्तु विकास मञ्चको आयोजनामा र वडा नम्बर ४ को सहयोगमा आयोजना गरिएको यस तालिमको पहिलो दिनबाटै सहभागीहरूले नेतृत्वका विभिन्न  सिकाइ र छलफल शुरु गरेका छन्। यस तालिमले स्थानीय समुदायलाई नेतृत्वका आधारभूत सिद्धान्त र प्रस्तावना लेखनका सीपहरू प्रदान गर्ने छ, जसले वडामा समावेशी र दिगो विकासको वातावरण सृजना गर्न मदत पुग्ने सस्थाका अध्यक्ष हिरालाल यादवले बताउनु भयो । तालिममा वडाको ७० हजार लागतमा ४० जनाको सहभागी जनाएको कोषअध्यक्ष ममता मिश्रले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ