देश नेपाली जनता र पार्टी को हातमा छैन । भैरव रेग्मी

देश नेपाली जनता र पार्टी को हातमा छैन
भैरव रेग्मी
केर सिंह अदै, तौलिहवा
कपिलवस्तु जिल्ला को चन्द्रौटा मा राष्ट्रिय जनमोर्चा को प्रचारात्मक सभा सम्पन्न गरेको छ, राष्ट्रियता,गणतन्त्र र धर्म निरपेक्षता को रक्षा गरौं , संघीयता खारेज गरौं भन्ने मूल नारा सहित वर्तमान राजनीतिक अवस्था मा राष्ट्रिय जनमोर्चा को धारणा स्पष्ट गर्ने उद्देश्यले गरिएको सभा को अध्यक्षता राजमो जिल्ला अध्यक्ष राम प्रसाद बेल्बासे ले गर्नु भएको थियो, भने कार्य क्रम का प्रमुख अतिथि अखिल नेपाल किसान सङ्घ का केन्द्रिय अध्यक्ष भैरव राज रेग्मी कार्य क्रम लाई सम्बोधन गर्दै अहिले देश नेपाली जनता र पार्टी को हातमा नभएको जिकिर गर्दै जसरी जे एन जी आन्दोलन बात असंवैधानिक तरिकाले शुसिला कार्की सरकार को स्थापना गरियो ।

देश विघटन भयो, त्यसैगरी पार्टी हरु पनि विघटन भए ,उहाँ जे एन जी आन्दोलन को माग सही हुँदा हुँदै पनि वैदेशिक शक्ति केन्द्र एनजीओ आइएनजिओ ले उपयोग गरेको बताउँदै राष्ट्रियता माथि संकट पैदा भएको दाबी गर्नु भयो, कार्य क्रम मा ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले राष्ट्रिय जनमोर्चा ले राष्ट्रियता ,गणतन्त्र, को रक्षा संघीयता ,MCC खारेज को लागि निरन्तर रूपमा संघर्ष गर्दै आएको बताउँदै जनताले सही कुरा नबुझ्दा देशमा मा यो हालत भएको बताउनु भयो, अब जनता सचेत नभए देशै नरहने स्थिति रहेको , राष्ट्रीयता माथि गम्भीर खतरा उत्पन्न भएको प्रष्ट पार्नु भयो, कार्य क्रम मा अखिल नेपाल किसान सङ्घ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल को आतिथ्यता रहेको थियो, रक्तिम सांस्कृतिक अभियान ले सुक्दैन सा लै को बोट रक्तिम गीत र नित्य प्रस्तुत गरिएको थियो, कार्य क्रम मा उपस्थित सबैलाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा राजमो शिवराज नगर समिति का अध्यक्ष केह र सिंह पुन मगर ले गर्नु भएको थियो, भने कार्य क्रम को सञ्चालन राजमो जिल्ला सचिव केर सिंह अ दै ले गर्नु भएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ