राप्रपा शिवराज नगर अध्यक्षमा चित्रबहादुर केसी, क्षेत्र नं. ३ को नेतृत्वमा नारायण बहादुर थापा
शिवराज, कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक उपस्थितिलाई बलियो बनाउँदै शिवराज नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ३ (क )मा नयाँ नेतृत्व चयन गरेको छ।

मंगलबार शिवराजमा सम्पन्न नगर अधिवेशनले चित्रबहादुर केसीको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। “बलियो संगठन, समृद्ध शिवराज” भन्ने लक्ष्यका साथ पार्टीले अनुभवी र युवा नेताहरूलाई समेटेर कार्यसमिति विस्तार गरेको जनाएको छ।
उपाध्यक्षहरू: सुमन थारू, योतीनारायण चौधरी र ओमप्रकाश जिसी, सचिव: देवराज खनाल, सहसचिव: जितेन्द्र मौर्या
कोषाध्यक्ष: विजय सिंह चौधरी
त्यस्तै सदस्यहरूमा रामप्रसाद गैरे, पेमलाल बुढागर, सरोज थारू, अग्निप्रसाद तिवारी, भुवन पौडेल, सुरज खासु र केशव थापा मगर लगायत रहनुभएको छ।
नगर अधिवेशनकै अवसर पारेर कपिलवस्तु क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको समेत पुनर्गठन गरिएको छ। नारायण बहादुर थापा गिरिको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
समितिको उपाध्यक्षमा ललाई अहिर, सन्जु कुँवर र आरती सुनार चयन हुनुभएको छ भने सचिवमा उत्तम चौधरी थारू, सहसचिवमा राहुल चौधरी र कोषाध्यक्षमा सन्तोष चौधरीले जिम्मेवारी पाउनुभएको छ। सदस्यहरूमा प्रहलाद चौधरीदेखि टेकबहादुर कुँवरसम्मका ११ जना व्यक्तित्वहरू चयन हुनुभएको छ।

नवनिर्वाचित नगर अध्यक्ष चित्रबहादुर केसी र क्षेत्रीय अध्यक्ष नारायण बहादुर थापाले पदभार ग्रहण गर्दै राप्रपालाई जिल्लाकै पहिलो शक्तिको रूपमा स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो। उहाँहरूले भन्नुभयो, “हामी पार्टीको राष्ट्रवादी एजेन्डालाई प्रत्येक घर-दैलोमा पुर्याउनेछौँ र आगामी निर्वाचनमा राप्रपालाई निर्णायक शक्ति बनाउनेछौँ।”
कार्यक्रमका प्रमुख अतिथि एवं शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै राजनीतिलाई जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र मजबुत एकता रहेको सन्देश प्रवाह गरेको स्थानीय कार्यकर्ताहरूको बुझाइ छ।













