राप्रपा कपिलवस्तु–३ को चुनावी सम्पर्क कार्यालय उद्घाटन ।

राप्रपा कपिलवस्तु–३ को चुनावी सम्पर्क कार्यालय उद्घाटन

कपिलवस्तु ।
राष्ट्र, राष्ट्रियता, धर्म र पहिचानको संरक्षणलाई मूल एजेन्डा बनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको छ।
यसैक्रममा शिवराज नगरपालिका–५, चन्द्रौटामा राप्रपाको चुनावी प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ। कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा राप्रपाका सह महामन्त्री एवं समानुपातिक उम्मेद्बार दिनेश चन्द्र गुप्ताले  देशमा व्याप्त भ्रष्टाचारप्रति कडा आक्रोश व्यक्त गर्दै “भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो” भन्ने सन्देशसहित नैतिक राजनीति र सुशासनको आवश्यकता रहेको औँल्याउनु भयो । उनीहरूले भ्रष्टाचारले राष्ट्रको मेरुदण्ड कमजोर बनाएको भन्दै यसको अन्त्यका लागि जनताको सचेत भूमिका अपरिहार्य रहेको बताउनु भयो ।
राप्रपाले मुलुकको राष्ट्रियता, सांस्कृतिक पहिचान र धार्मिक मूल्य–मान्यताको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आउँदो निर्वाचनमा हलो चिन्हमा मतदान गर्न आम मतदातासमक्ष अपिल गर्नुभयो ।
पार्टीका अनुसार वर्तमान राजनीतिक अभ्यासले जनआकांक्षा पूरा गर्न नसकेको अवस्थामा वैकल्पिक शक्तिको रूपमा राप्रपा अघि बढिरहेको बताउदै चुनाव ताका अन्य पार्टीको बिरोध  नगरी आफ्नै  पार्टीको सिद्धान्तमा अडिक रहि हलो चिन्हमा मतदान गरि भारी मतले आफ्नो उम्मेद्बारलाई जिताउन लाग्नुपर्ने शिवराज नगरपालिकाका नगर प्रमुख एवं  राप्रपा केन्द्रिय सद्स्य अजय थापाले बताउनु भयो ।
राप्रपा जिल्ला सचीव एव कपिलवस्तु  क्षेत्र नम्बर ३ का उम्मेद्बार प्रेम शंकर शुक्लाले  जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै गाउँ–टोल केन्द्रित अभियान सञ्चालन गरिने जानकारी दिनु भयो । सम्पर्क कार्यालयले स्थानीय समस्या सुन्ने, चुनावी रणनीति तय गर्ने तथा मतदाता समन्वयको केन्द्रको रूपमा काम गर्ने बताइएको छ।
कार्यक्रम नगर अध्यक्ष चित्र बहादुर केसिको अध्यक्षता र सचीव जितेन्द्र मौर्याको संचालनमा सप्पन्न कार्यक्रममा राप्रपाले कपिलवस्तु क्षेत्र नम्बर ३ लाई संगठन विस्तार र चुनावी प्रतिस्पर्धाको दृष्टिले महत्वपूर्ण क्षेत्रका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ