सूर्यज्योति लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाद्वारा एजेन्सी रिफ्रेसमेन्ट ट्रेनिङ तथा एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न
सूर्यज्योति लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखाले एजेन्सी रिफ्रेसमेन्ट ट्रेनिङ तथा एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा चन्द्रौटा शाखाबाट सन् २०२६ का लागि एमडिआरटी बन्न सफल भिमलाल पौडेललाई खादा, माला तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख प्रेम प्रसाद र्याल, रिजनल म्यानेजर विकास अधिकारी, चन्द्रौटा शाखा प्रमुख युवराज पौडेल, सन् २०२४ का एमडिआरटी रुपेन्द्र प्रसाद आचार्यलगायत चन्द्रौटा शाखामा कार्यरत एजेन्सीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रदेश प्रमुख प्रेम प्रसाद अर्यालले एजेन्सीको कार्यशैली, सफलता तथा एजेन्सी म्यानेजरदेखि एमडिआरटीसम्मको यात्राबारे सहजीकरण गर्नुभएको थियो। त्यसैगरी रिजनल म्यानेजर विकास अधिकारीले एजेन्सी पेशा र व्यवसाय विस्तारका सम्भावनाबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।
सन् २०२६ मा चन्द्रौटा शाखाबाट एमडिआरटी बन्न सफल भिमलाल पौडेलले छोटो समयमै गरेको अथक मेहनत, लगनशीलता र आत्मविश्वासका कारण एमडिआरटीजस्तो अन्तर्राष्ट्रिय क्लबमा आबद्ध हुन पाएको अनुभव सहभागीहरूसँग साझा गर्नुभयो।
चन्द्रौटा शाखा प्रमुख युवराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यस शाखाबाट हाल दुई जना एमडिआरटी बन्न सफल भएको र आगामी वर्षहरूमा पनि थप एमडिआरटी उत्पादन गर्ने लक्ष्यसहित शाखा अघि बढिरहेको जानकारी गराएक थिए।














