फागुन २१ को निर्वाचन लक्षित गर्दै महाराजगञ्जमा राजमोको संगठन विस्तार

 

फागुन २१ को निर्वाचन लक्षित गर्दै महाराजगञ्जमा राजमोको संगठन विस्तार ।।

नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका क्षेत्रमा राष्ट्रिय जनमोर्चा (राजमो) को भेला सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को प्रमुख आतिथ्यता तथा रामछविले पासी को अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रम, राष्ट्र–राष्ट्रियता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजी पार्टीको प्रमुख एजेण्डा रहेको उल्लेख गर्नुभयो। उहाँले यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा देशभक्त, राष्ट्रवादी पार्टी राष्ट्रिय जनमोर्चालाई गिलास चिन्ह मा मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो।
वैदेशिक चलखेल बढ्दै गएको भन्दै उहाँले देशलाई राष्ट्रिय जनमोर्चाको नीतिले मात्र जोगाउन सकिने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामबहादुर चमार ले पनि मन्तव्य राख्नुभएको थियो।
भेलाले राजेश कुमार हरिजन को संयोजकत्वमा ३१ सदस्यीय राष्ट्रिय जनमोर्चा चुनाव प्रचार–प्रसार समिति गठन गरेको छ। समितिका सदस्यहरू यस प्रकार रहनु भएको छ


सन्त राम यादव, राम विलास पासी, अर्माद मुसलमान, सलीम खान, इब्राहीम खान, अवकास रैदास, नजिव उल्ला मुसलमान, दीप कुमार पासी, राधेश्याम रैदास, अब्दुल रहिफ मुसलमान, जमील अहमद खाँ, सुक्रराज गिरी, जगदेव चमार, राजेन्द्र यादव, केशव पासी, भगवती कुर्मी, दीप नारायण यादव, राधेश्याम पासी, नसीम अहमद मुसलमान, जुबेर अहमद, मक्कुल नाउँ, वसीम अहमद, फौज न अली, शिवपूजन चौधरी, शेरबहादुर कस्यप, शैलेश कश्यप, वृक्ष गुप्ता, शिवकुमार गुप्ता र राजेश यादव।
महाराजगञ्ज नगरपालिका–जितपुरमा सम्पन्न भेलाको सञ्चालन राजेश कुमार हरिजन ले गर्नुभएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ