शिवराजमा राप्रपाको संगठन विस्तार अभियान, ११ वडामा सदस्यता बढाउने लक्ष्य

शिवराजमा राप्रपाको संगठन विस्तार अभियान, ११ वडामा सदस्यता बढाउने लक्ष्य

नवराज पौडेल कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शिवराज नगर कमिटीले आगामी दिनमा संगठन विस्तारलाई प्राथमिकतामा राख्दै वडा तहबाटै क्रियाशील सदस्यता वितरण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ।
नगर अध्यक्ष चित्रबहादुर केसी (शंकर)को अध्यक्षतामा आइतबार बसेको नगर कमिटीको बैठकले आगामी भदौ २६ गतेभित्र शिवराज नगरपालिकाका ११ वटै वडाबाट कम्तीमा १०/१० जना नयाँ क्रियाशील सदस्य थप गर्ने निर्णय गरेको हो। निर्णयअनुसार नगरमा कम्तीमा ११० जना नयाँ क्रियाशील सदस्य थप गर्ने लक्ष्य राखिएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने उद्देश्यले प्रत्येक वडा अध्यक्षलाई आफ्नो क्षेत्रमा रहेका जुझारु, प्रभावशाली तथा पार्टीको विचारप्रति आकर्षित व्यक्तिहरूको पहिचान गरी सदस्यता फाराम भराउने जिम्मेवारी दिइएको छ। वडा अध्यक्षहरूले संकलन गरेका सदस्यता फाराम नगर कमिटीमा पेस गर्ने व्यवस्था मिलाइएको बैठकले जनाएको छ।
राप्रपा केन्द्रीय सदस्य तथा बैठकका प्रमुख अतिथि अजय थापाले पार्टीको संगठन निर्माण वडा र टोल तहबाटै सुरु गर्नुपर्ने बताउनु भयो उहाले पार्टीको नीति, विचार र एजेन्डालाई जनतामाझ पुर्‍याउँदै समाजमा सक्रिय व्यक्तिहरूलाई संगठनमा जोड्नुपर्नेमा जोड दिनुभयो ।
संगठनको वास्तविक शक्ति वडा तहका कार्यकर्ता हुन्। वडा बलियो भयो भने मात्रै नगर र केन्द्रसम्मको संगठन बलियो हुन्छ,। थापाले भन्नू भयो । “त्यसैले सदस्यता विस्तारलाई औपचारिक प्रक्रियाका रूपमा मात्र नभई संगठन निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्छ। जनताको घरदैलोसम्म पुगेर पार्टीको विचार र एजेन्डाबारे बुझाउँदै नयाँ पुस्ता र सक्रिय व्यक्तिहरूलाई संगठनमा जोड्न आवश्यक छ।
बैठकले नगरपालिकाभित्रका सबै वडा समितिलाई नियमित बैठक सञ्चालन गर्न र वडामा भएका पार्टी गतिविधि, सदस्यता विस्तार तथा सांगठनिक प्रगतिको विवरण नगर कमिटीलाई नियमित रूपमा उपलब्ध गराउन निर्देशनसमेत दिएको छ।

त्यस्तै, वडा तथा टोलस्तरमा पार्टीका गतिविधि बढाउने, नयाँ सदस्यलाई संगठनमा सक्रिय बनाउने र स्थानीय तहमा पार्टीको उपस्थिति थप मजबुत बनाउने विषयमा बैठकमा छलफल भएको थियो। वडा समितिहरूलाई निष्क्रिय नबनाई नियमित रूपमा संगठनात्मक गतिविधिमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा नगर सचिव देवराज खनाल, उपाध्यक्ष ज्योतिनारायण चौधरी, सहसचिव जितेन्द्र मौर्यसहित शिवराजका ११ वटै वडाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो।
राप्रपा शिवराज नगर कमिटीले सदस्यता विस्तारसँगै वडा र टोल तहमा संगठनको संरचना मजबुत बनाउने तथा आगामी दिनमा नियमित सांगठनिक गतिविधि सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ