विजयनगरमा आगलागी हुँदा चार गोठ जले, ८ लाखको क्षति
लोक संचार अन्लाईन कपिलवस्तु
कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नैरङियामा गएराति आगलागी हुँदा चारवटा गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट स्थानीय सहिम मुसलमान, गोलाइ मुसलमान, मक्बुल मुसलमान र कइम मुसलमानका गोठ पूर्ण रूपमा जलेर नष्ट भएका हुन्।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यका अनुसार लामखुट्टे धपाउन बालिएको गोबरको गुइँठाबाट आगो सल्किएको हो। गएराति करिब ११ बजे सुरु भएको आगलागीले चारवटै गोठमा क्षति पुर्याएको थियो।
आगलागीमा एउटा भैँसीको पाडो जलेर मरेको छ भने एउटा भैँसी र दुईवटा गोरु घाइते भएका छन्।
आगलागीको खबर पाएपछि कृष्णनगरबाट दमकल घटनास्थल पुगेको थियो। दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको














