राजमो शिवराज–३ मा कुर्मीको नेतृत्व, अदैले भने -‘सही राजनीति छुट्याउन सक्नुपर्छ’
नवराज पौडेल कपिलवस्तु ,
कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चा (राजमो) को वडा भेला सम्पन्न भएको छ। भेलाले रामदेव कुर्मीको अध्यक्षतामा सल्लाहकारसहित २५ सदस्यीय वडा समिति गठन गरेको छ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्य तथा रामदेव कुर्मीको अध्यक्षतामा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा रामप्रसाद कामी, सचिवमा बिनिता अदै र कोषाध्यक्षमा रामबहादुर विकलाई चयन गरेको हो।
समितिका सदस्यहरूमा श्यामलाल थारु, देवबहादुर खत्री, फारुक अहमद, कनैयालाल मुराउ, धनीकला पुन, कल्पना नेपाली, मोहन विक, अनिता लोनिया, बिमला गौतम, लीलबहादुर कुँवर, रमेश भर, कमल अहमद, दुजबहादुर विक, रहिस कुजडा र झकबहादुर विक चयन भएका छन्।
त्यस्तै, सल्लाहकारमा चेतनारायण खनाल, नन्दर राज भण्डारी, श्यामप्रकाश खनाल, नोखे थारु, चिन्का अहिर र छन्दबहादुर केसी चयन भएका छन्।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अदैले मुलुकको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय जनमोर्चाका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सही र गलत राजनीति छुट्याउन राजनीतिक रूपमा सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सदस्य रुपलाल घर्ती, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, अखिल नेपाल महिला संघ शिवराज नगर समितिकी अध्यक्ष तारा घर्ती, राजमो शिवराज–१ का अध्यक्ष शिवप्रसाद थारु, राजमो मैना रका अध्यक्ष श्यामलाल थारु तथा राजमो मधवाका अध्यक्ष रामप्रसाद कामीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका सचिव श्यामप्रकाश खनालले बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन मोहन विकले गरेका थिए भने स्वागत मन्तव्य बिनिता अदैले राखेकी थिइन्।
भेलाको सुरुवातमा सम्पूर्ण सहिद तथा रसुवामा बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
भेलाका क्रममा पार्टीका पुराना सदस्यहरूको सदस्यता नवीकरण गर्नुका साथै नयाँ सदस्यलाई सदस्यता प्रदान गरिएको थियो। भेलापछि बसेको बैठकले आगामी दिनमा गाउँस्तरमा भेला आयोजना गर्ने तथा सदस्यता वितरण अभियानलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ।














