नेकपा एमाले शिवराज नगर कमिटीको दोस्रो अधिवेशनको तयारी भइरहेका बेला नगर अध्यक्ष पदका उम्मेदवार महादेव पोख्रेलले नगरका प्रतिनिधिहरुलाई सहि नेतृत्व चयन गर्न आग्रह गरेका छन्।
पोख्रेलले वडा नं. १ देखि ११ सम्मका प्रतिनिधिहरुलाई बधाई दिँदै, नगरको सबल, सुदृढ, सक्षम, योग्य, र अभिभावकीय भूमिका निभाउन सक्ने नेतृत्व छनोट गर्न अनुरोध गरेका छन ।
उनले शिवराज नगरको भविष्यलाई उज्यालो बनाउन सक्ने नेतृत्वको चयन गर्ने जिम्मेवारीलाई प्रतिनिधिहरुले गम्भीरतापूर्वक लिने अपेक्षा व्यक्त गरेका छन ।
उहाँले वडाबाट आएका प्रतिनिधिहरुको भूमिकालाई सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, अधिवेशनलाई सफल बनाउन सबैको सहयोग र एकताको आवश्यकता रहेको बताएका छन्। यसैबीच, नगर अधिवेशन भदौ १३ गते हुने कार्यक्रम रहेको छ ।
पोख्रेलले प्रतिनिधिहरुलाई नगरको समग्र विकास र समृद्धिका लागि सशक्त नेतृत्व छनोट गर्न महत्वपूर्ण निर्णय लिनुपर्नेमा जोड दिएका छन ।













