कपिलवस्तु,
राष्ट्रिय जनमोर्चा शिवराज नगरपालिका–४ को तेस्रो वडा भेला सम्पन्न भएको छ। शिवराज–४ स्थित बनकत्तीमा सम्पन्न भेलाले हुसेन मुल्लाको अध्यक्षतामा सल्लाहकारसहित १५ सदस्यीय वडा समिति गठन गरेको छ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला समितिका सचिव केर सिंह अदैको उपस्थितिमा तथा पदमबहादुर जिसीको अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलाबाट उपाध्यक्षमा बेलौता विक, सचिवमा कृष्ण गिरी, सहसचिवमा शोमनाथ गिरी र कोषाध्यक्षमा शिवकुमार गोसाई चयन भएका छन्। सदस्यहरूमा प्रमिला केवट, सीता भुसाल, कन्हैया यादव, मेहबुब मन्सुरी, जाकिर हुसेन र टेकबहादुर विक रहेका छन्।
त्यसैगरी, सल्लाहकारमा पदम जिसी, सुरज कुँवर, छविबहादुर शावत र राधा केवट चयन भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि केर सिंह अदैले देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रियता र गणतन्त्रको रक्षा तथा संघीयता खारेजीका विषयमा धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समितिका कोषाध्यक्ष तथा शिवराज नगर समितिका अध्यक्ष केहर सिंह पुन मगर, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला उपाध्यक्ष रुपलाल घर्तीले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा शिवराज–३ का अध्यक्ष रामदेव कुर्मीले बधाई तथा शुभकामना दिएका थिए। सो अवसरमा अदैले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गरेका थिए।
कार्यक्रमको सञ्चालन कृष्ण गिरीले गरेका थिए भने स्वागत मन्तव्य बेलौता विकले दिएका थिए।














