नवराज पौडेल कपिलवस्तु
ललितपुर स्थित कराते एकेडमी हल, सातदोबाटोमा शनिबार एक भव्य समारोहका साथ बधाई, स्वागत र सम्मान कार्यक्रम सम्पन्न भएको छ।
विशेषगरी, पुर्व राष्टि्य खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री तथा राष्टिय खेलकुद परिषदका सफल कोषअध्यक्ष समालि सक्नुभयका हाल बाग्मती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय मिनकृष्ण महर्जनलाई हार्दिक बदाई शुभकामना सहित सम्मानित गरिएको छ। 
कार्यक्रमको राष्ट्रिय रेफ्री कमिसन अध्यक्ष प्रकाशमोहन धौभडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा उहाले
कार्यक्रमको महत्त्वलाई स्पष्ट गर्दै कराते खेलकुदको प्रगतिमा सबल योगदान गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
यसै बिच कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कराते महासंघ अध्यक्ष युवराज लामाले कराते खेलको विकासलाई थप सान्दर्भिक र समग्र खेलकुद क्षेत्रमा योगदान पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले कराते खेललाई समर्पित गर्नुपर्ने मेहनत र समर्पणको महत्वलाई पनि विशेष जोड दिनु भयो ।
राष्ट्रिय रेफ्री कमिसन सह-संयोजक महेश रञ्जितको संयोजन
राष्ट्रिय रेफ्री कमिसनका सचिव कृष्ण देवकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रम उत्साहपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भएको थियो, जसले कराते खेलको क्षेत्रमा भविष्यमा थप प्रगति र समृद्धिको आशा प्रकट गरेको छ।













