स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,

कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि स्कर्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति लुम्बिनी प्रदेश ०१–००१ च २०५४ नम्बरको महिन्द्रा स्कर्पियो र लु १४ प ५१९० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा शिवराज नगरपालिका–२ हल्लानगर निवासी १८ वर्षीय मोटरसाइकल चालक शिखर बिक सेन्चुरी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

यस्तै, दुर्घटनामा सोही स्थानकी २१ वर्षीया शोभा श्रीपाली घाइते भएकी छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कर्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ