सुरही खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित सुरही बृजमुनि रहेको खोलामा नुहाउने क्रममा एक युवाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवराज नगरपालिका–४ निवासी २६ वर्षीय विजय जयसवाल रहेका छन्। आज दिउँसो नुहाउन गएका जयसवाल खोलामा डुबेका थिए।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घटनापछि तत्काल खोजी गरी उनलाई खोलाबाट बाहिर निकालिएको थियो। उपचारका लागि आधारभूत अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरे ले शवलाई आधारभूत अस्पतालमा राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ