मनकामना स्वावलम्बन बहुबुद्देसिक सहकारी को २५ औ रजत महोत्सव सम्पन।

मनकामना स्वावलम्बन बहुबुद्देसिक सहकारी को २५ औ रजत महोत्सव सम्पन।

देशका विभिन्न स्थानमा केही सहकारी संस्थाहरू चुनौतीको सामना गरिरहेका बेला कपिलवस्तुको शिवराज नगरपालिका–९, भगवानपुरस्थित मनकामना स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले भने सफलताको प्रेरणादायी इतिहास रचेको छ।

केही हजार रुपैयाँको पूँजीबाट सुरु भएको संस्थाले आज करोडौँ रुपैयाँको कारोबार गर्दै स्थापनाको २५औँ वर्ष (रजत महोत्सव) भव्य र उल्लासपूर्ण वातावरणमा मनाएको छ।

संस्थाको आफ्नै भवन परिसरमा आयोजित कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा प्रमुख अतिथि, वडा नं. ९ का वडा अध्यक्ष रामगोपाल थारु विशिष्ट अतिथि तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाकी अध्यक्ष रमिला सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह–व्यवस्थापक सीता जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष सुवेदीले संस्थाको २५ वर्षे सफल यात्रा, उपलब्धि र भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक डुका केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संस्थाको स्थापना कालदेखि सहकारीको विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।

२५ वर्षको गौरवशाली यात्रा पूरा गरेको मनकामना स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थालाई हार्दिक बधाई तथा आगामी दिनहरू अझ सफल र समृद्ध बनून् भन्ने शुभकामना।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ