रक्तदान कार्यक्रममा शिवराजका युवाको योगदान ।।

सुवास परियार कपिलवस्तु,,

— नेपाल किसान ट्रेक्टर समिति बाणगंगको आयोजनामा गरिएको ’रक्तदान, जीवनदान’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले रक्तदानजस्तो महत्त्वपूर्ण सामाजिक सेवामा सहभागी हुने युवाहरूलाई प्रोत्साहन गर्दै सान्दर्भिक मन्तव्य दिनुभएको थियो । यसै विच सो कार्यक्रममा शिवराज नगरपालिकाको तर्फबाट उत्साहजनक सहभागिता देखिएको छ । शिवराज नगरपालिका वार्ड नं. ९ का सुर्यमुखी युवा क्लब बिजगौरी, गोल्डेन स्टार युवा क्लब बानियाभार, र शिवगढी स्पोर्टिङ क्लब तुरन्तपुरका सदस्यहरूले मिलेर कुल ११ पोइन्ट रगत दान गरेका छन् । कार्यक्रममा सहभागी भएका युवाहरूले आफ्नो समाजप्रतिको जिम्मेवारी निर्वाह गर्दै मानवीय सेवामा योगदान पु¥याएको कार्यक्रमका संयोजक सक्रान्ती थारुले जानकारी दिनुभए भयो ।
कार्यक्रममा कुल ११४ पोइन्ट रगत संकलन गरिएको र यसले रक्तदान अभियानमा ठुलो योगदान पु¥याएको कार्यक्रमका अध्यक्ष झविन्द्र खनालले जानकारी दिनुभयो। रक्तदानजस्तो समाजोपयोगी कार्यमा शिवराज नगरपालिकाको सहभागिता र योगदानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उहांले जनाउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ