कपिलवस्तु,,
सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप राष्ट्रिय जनमोर्चा कपिलवस्तुले कार्यक्रम घोषणा गरेको छ ।
२०८१ पुस १५ गते बसेको राजमो कपिलवस्तुको बैठकले सो कार्यक्रम घोषणा गरेको हो ।
सचिव केरसिंह अदैको हस्ताक्षरमा पुस १६ गते जारी गरिएको विज्ञप्तिमा पुस २७ देखि माघ २३ गतेसम्मका लागि कार्यक्रम घोषणा गरिएको उल्लेख छ ।
वक्तव्यका अनुसार पुस २७ र २८ गते जिल्लाव्यापी रूपमा मोटरसाइकल र्याली र कोणसभा सम्पन्न गरिने छ ।
पहिलो दिन पुस २७ गते वनगाईबाट ११ बजे र्यालीको उद्घाटन गरिने छ । र्याली ४ नम्बर जितपुर, पचेहरा, अत्तरपरी, पकडी, दोहनी, तौलिहवा, बिजगौरी, बुड्डी, भेलाई र पत्थरकोटसम्म सम्म पुग्ने छ । सो क्रममा कोणसभासमेत सम्पन्न गरिने छ ।
दोस्रो दिन र्याली इमिलियाबाट बिहान ११ बजे नै सुरु हुने छ । र्यालीले खरेन्द्रपुर, चन्द्रौटा, रुद्रपुर, बहादुरगञ्ज, कृष्णनगर, गणेशपुर, जोगनिया, भटनी, ४ नम्बर, सुन्दरीडाँडा र भगवान हुँदै शिवपुर पुगी कोणसभा सम्पन्न गर्ने छ ।
त्यस्तै, माघ १२ गते ४ नम्बर जितपुरमा आमसभा तथा माघ २३ गते चन्द्रौटामा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
जिल्लाव्यापी रूपमा पर्चा वितरण तथा वालपेन्टिङसमेत अघि बढाइने सो अभियानलाई राजमोको नगर समिति र पालिका समितिको बैठकले अझ व्यवस्थित बनाउने विश्वास राजमो सचिव अदैले व्यक्त गर्नुभयो ।













