अखिल नेपाल महिला संघ शिवराज नगर समितिको तेस्रो भेला सम्पन्न
कपिलवस्तु —
अखिल नेपाल महिला संघ शिवराज नगर समितिको तेस्रो भेला सोमबार शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा सम्पन्न भएको छ।
अखिल नेपाल महिला संघ कपिलवस्तुकी उपाध्यक्ष अम्बिका पौडेलको प्रमुख आतिथ्यता तथा बिनिता अदैको अध्यक्षतामा भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले महिलाले अहिले प्राप्त गरेका सीमित अधिकार पनि लामो संघर्ष र बलिदानबाट प्राप्त भएको बताउँदै प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केर सिंह अदैले नेपालको तत्कालीन राजनीतिक परिस्थितिबारे धारणा राख्नुभएको थियो। त्यस्तै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहर सिंह पुन, जातीय समता समाजका जिल्ला सचिव रामबहादुर चमार र अखिल छैठौँकी जिल्ला अध्यक्ष तिना अदैले शुभकामना मन्तव्य राख्नुभएको थियो।
भेलाले तारा घर्ती मगरको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ शिवराज नगर समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा निमा देवी पुन, सचिवमा बिनिता अदै, कोषाध्यक्षमा कमला बुढामगर र सहसचिवमा सस्तुल्ला हरिजन चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा पुनम गोशाई, लेमकुमारी बन्जाडे, फुर्सी विक, सोनिया चौधरी, उर्मिला गिरी, भिउसरा अदै, शान्ति पुन, कल्पना नेपाली र सुनिता नाउ रहनुभएको छ। वैकल्पिक सदस्यमा बेलौता विक र कल्पना सुनार चयन हुनुभएको छ भने एक सदस्यको स्थान पछि बैठकबाट पूर्ति गर्ने गरी रिक्त राखिएको छ।
त्यसैगरी भेलाले इन्द्रकला खनाल, सुकन्या चौधरी, गिता बन्जाडे र बिनिता सुनारलाई सल्लाहकारमा चयन गरेको छ।
भेलापछि बसेको बैठकले आगामी दिनमा वडा तहका समिति गठन गर्ने तथा सदस्यता वितरण गर्ने निर्णय गरेको जनाइएको छ।
कार्यक्रममा बाढीपीडितका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
कार्यक्रमको सञ्चालन तारा घर्तीले गर्नुभएको थियो भने स्वागत मन्तव्य निमा देवी पुनले राख्नुभएको थियो।














