जनताको चेतनास्तर नउठ्दा पार्टी कमजोर देखियो -राजमो सचिव अदै

जनताको चेतनास्तर नउठ्दा पार्टी कमजोर देखियो’—राजमो सचिव अदै

नवराज पौडेल कपिलवस्तु ,
राष्ट्रिय जनमोर्चा (राजमो) शिवराज नगरपालिका–५ को वडा भेला चन्द्रौटामा सम्पन्न भएको छ। भेलाले बेगम बुढाको अध्यक्षतामा सल्लाहकारसहित १५ सदस्यीय वडा समिति चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बुधै थारू, सचिवमा तारा घर्ती र कोषाध्यक्षमा ज्ञानबहादुर थापा चयन भएका छन्। सदस्यहरूमा होमबहादुर कुँवर, देवा जिसी, उजिल गिरी, कमला सुनार, राजकुमारी थारू, लक्ष्मी रोका मगर, टीका बुढा, भुवन खनाल र छेदी कुजडा रहेका छन्। समितिमा एक स्थान भने पछि थप गर्ने गरी रिक्त राखिएको जनाइएको छ।
राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बोल्दै उनले समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गरेका थिए। पार्टीका नीति तथा कार्यक्रम सही हुँदाहुँदै पनि जनताको चेतनास्तर अपेक्षाकृत माथि उठ्न नसक्दा पार्टी कमजोर देखिएको उनले बताए।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिका अध्यक्ष केहर सिंह पुन मगर, जातीय समता समाजका जिल्ला सदस्य मोहन विक र राष्ट्रिय जनमोर्चा शिवराज–४ का अध्यक्ष हुसेन मुल्लाले शुभकामना मन्तव्य राखेका थिए।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य छन्दबहादुर केसीले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। कार्यक्रममा राजमो जिल्ला सचिव अदैले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदानसमेत गरेका थिए।
अखिल नेपाल महिला संघ शिवराज नगर समितिकी अध्यक्ष तारा घर्तीले सञ्चालन गरेको कार्यक्रममा बुधै थारूले स्वागत मन्तव्य दिएका थिए।
भेलापछि बसेको बैठकले गाउँ तथा टोलस्तरमा पार्टीका समिति गठन गर्ने र सदस्यता वितरणलाई अभियानका रूपमा अघि बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ