कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ खरेन्द्रपुरमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शिबराज नगरपालिका वडा नम्बर ४ को समन्वय तथा छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो ।शिविरमा ४०० जनाले आफ्नो आँखा जाँच गराएको वडा अध्यक्ष नसिम अहमद खा ले जानकारी दिनु भयो । 
जसमध्ये १०९ जनालाई चश्मा वितरण गरियो भने ३३ जनाको मोतियाविन्दुको अपरेशन गर्नुपर्ने अवस्था देखिएकोले उनिलहरुलाइ निशुल्क अप्रेसनका लागि सोमबार बहादुरगन्ज पठाइने उहाँले जानकारी दिनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर उपप्रमुख शिव कुमारी चौधरीले वडा नम्बर ४ मा आखाका बिरामिको उल्लेख्य सहभागीता रहेको भन्दै पालिकाले ११ वटै वडामा यो कार्यक्रम लागू गरेको जनाउनु भयो ।













