नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ मा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । शिवराज नगरपालिका वडा नम्बर ४ को सहयोग तथा शिव शक्ति युवा क्लबको आयोजना मा वडा नम्बर ४ को खेलमैदान समितिमा प्रतियोगिगा सुरु भएको हो । वडा अध्यक्ष नसिम अहमद खानको अध्यक्षतामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो । वडाको वार्सिक कार्यक्रम अनुसार १ लाखको लागतको लागतमा प्रतियोगिता संचालन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खानले भौतिक विकाससँगै मानवीय विकासका लागि शिक्षा, खेलकुद लगायत क्षेत्रमा वडाले लगानी गर्दै आएको बताउनुभयो । उहाँले स्वस्थ्य नागरिक उत्पादनमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने हुँदा युवाहरुलाई खेल क्षेत्रमा लाग्न यस प्रकारका प्रतियोगिता सहयोगी हुने बताउनुभयो ।
युवाहरु गलत बाटोमा लाग्नबाट जोगाउन सबैले सकारात्मक भावनाको विकासमा ध्यान दिनुपर्नेमा भन्दै अध्यक्ष खानले खेलसँगै स्वास्थ्य र वौद्धिक विकासमा खेल गतिविधिले भूमिका खेल्ने हुँदा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा नगर स्तरीय टीम तयार पार्ने योजना बनाएको भन्दै क्रिकेट खेल विकासका लागि पूर्वाधार तयार पारिएको बताउनुभयो ।
। प्रतियोगितामा प्रथम पुरुस्कार २० हजार, दित्तिय पुरुस्कार १२ हजार रहेको शिव शाक्ती युवा कलबले जनाएको छ ।













