शिवराज ५ मा बिकास निमार्णको काम तिव्र ।। ४०२ मिटर नाली निर्माण ।।
नवराज पौडेल कपिलवस्तु ,,
– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ मा यस आर्थिक वर्षमा विकास र भौतिक पूर्वाधार निर्माण कार्यहरू तिव्र गतिमा अगाडि बढेको वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले जानकारी दिनुभयो । वडाले ४०२ मिटर नाली र ३४७ मिटर पिसिसी सडक निर्माण कार्य सम्पन्न गरेको छ। वडाका प्रमुख निर्माण कार्यहरूमा नौडिहबा प्रदिप घरदेखि दक्षिणतर्फको नाली निर्माण, कटनिया केदार न्यौपानीको घरदेखि पूर्व दक्षिणतर्फको अधुरो सडकमा पिसिसी कोटिंग, र कृष्णनगर जाने बाटोको पश्चिमी भागमा सिला पाण्डेको घरसम्मको पिसिसी सडक समावेश छन्।
यस सङ्गै, वडा कार्यालयको पूर्वमा नाली निर्माण र कणेश्वरी मन्दिरको पूर्वबाटोमा पिसिसीको काम पनि सम्पन्न भएको छ। यी कार्यहरूले स्थानीयवासीहरूको जीवनस्तरमा सुधार ल्याउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष बेल्वासेले थप्नुभयो, “वडाले भौतिक पूर्वाधार र विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै करिव ५५ प्रतिशत काम सम्पन्न गरिसकेको र ४५ प्रतिशत काम सप्पन्न हुने चरणमा रहेकोले हामी विकासको नयाँ आयाममा अघि बढिरहेका छौं र जनताको सेवा गर्न प्रतिबद्ध छौं।” बेल्वासे ले भन्नू भयो ।
निर्माण कार्यहरूको अनुगमन आज शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरी र इन्जिनियर रामजी नेपाली थापाले गर्नु भएको थियोे । अनुगमनका क्रममा नगर उपप्रमुख चौधरीले उक्त निर्माण कार्यहरूको महत्त्व र यसले स्थानीय समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा आफ्ना विचार राख्दै जनताको सहयोग र सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भने, “यस किसिमका विकास कार्यहरूले स्थानीय स्तरमा समृद्धि र सहजता ल्याउने जसले गर्दा जनताको जीवनस्तरमा सुधार आउने उहाले बताउनु भयो ।
शिवराज नगरपालिका वडा नम्बर ५ ले प्रगति र विकासको मार्गमा उल्लेखनीय काम गर्दै गर्दा, भविष्यमा थप भौतिक पूर्वाधार र विकासका योजनाहरूलाई अघि बढाउने लक्ष्य राखेको छ। वडाका प्रमुख कार्यहरूले नगरको समग्र विकासमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।













