शिवराज नगर पालिका १ मा राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न, अध्यक्षमा शिव प्रसाद चौधरी चयन,

शिवराज नगर पालिका १ मा राष्ट्रिय जनमोर्चा को वडा भेला सम्पन्न, अध्यक्षमा शिव प्रसाद चौधरी चयन
केर सिंहअदै चन्द्रौटा कपिलवस्तु
कपिलवस्तु जिल्ला शिव राज नगर पालिका वडा नं १ मा राष्ट्रिय जनमोर्चा को तेस्रो वडा भेला सम्पन्न भएको छ, राजु विक को अध्यक्षता मा र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को उपस्थितिमा भेला सम्पन्न भएको हो, भेला ले शिव प्रसाद चौधरी को अध्यक्षता मा सल्लाका र सहित 15सदस्सिय राष्ट्रिय जनमोर्चा वडा नं १ वडा समिति चयन गरिएको छ, जस् अनुसार उपाध्यक्ष पदमा चनकिया थारु, सचिब कर्म राज चौधरी, कोष अध्यक्ष मोहन चौधरी, सदस्य हरुमा मान बहादुर राणा, मदन विक, श्री राम चौधरी, लाल बहादुर चौधरी, कमला पुन मगर, वैकल्पिक सदस्यमा सोनिया डगौरा ,र होम बहादुर सुनार रहनु भएको छ, यसै गरी सल्लाका र मा जीत बहादुर जीसी, राजु विक, केह र सिंह पुन र छन्द बहादुर जी सी रहनु भएको छ, भेला मा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले देश को समसामयिक राजनीतिक परिस्थिति र संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन को बारेमा प्रकाश पार्नु भएको थियो, भेला बाट निर्वाचित समितिका पधाधिकारी हरुलाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अध्यक्ष केह र सिंह पुन ले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो, भेला को सञ्चालन राजु विक ले गर्नु भएको थियो भने स्वागत लाल बहादुर चौधरी ले गर्नु भएको थियो, भेला पछिको बैठक ले टोल समिति गठन गर्ने, संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्ने, जिल्ला द्वारा घोषित कार्य क्रम सफल पार्ने निर्णय गरिएको छ,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ