विजयनगरमा राष्ट्रिय जनमोर्चा द्वारा साइकिल र्याली र ७ ठाउँमा कोण सभा सम्पन्
कपिलवस्तु, तौलिहवा
कपिलवस्तु, विजय नगर गाउँ पालिका मा आज राष्ट्रिय जनमोर्चा ले साइकिल र्याली र विजय नगर गाउँपालिका को सात ठाउँमा संघीयता बिरुद्ध कोण सभा सम्पन्न गरेको छ, संघीयता बिरुद्ध चैत्र २४देखि ३० सम्म राष्ट्रिय जनमोर्चा द्वारा घोषित आन्दोलन को प्रचार प्रसार गर्ने उद्देश्यका साथ राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका समिति को आयोजना मा कार्य क्रम भएको हो, पालिका को फरेनि चोक मा साइकिल र्याली को उद्घाटन राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले गर्नु भयो , उहाँले कोण सभा लाई सम्बोधन गर्दै, जनताको इज्छ विपरीत , बिदेसी को इसारामा चोर ढोका बाट संघीयता घुसाइय को बताउँदै यसले नेपाली जनतालाई केही दिन नसकेको , असफल सिद्ध भएको बताउनु भयो, राष्ट्रिय जनमोर्चा ले संघीयता को जन्म हुँदा बितिकै खारेज को लागि आन्दोलन गर्दै आएको प्रस्ट पार्दै चैत्र २४ गते देखि ३० गते सम्म संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन नेपाली जनताको साझा आन्दोलन भएको र यसलाई सफल पार्न आम जनसमुदाय हरुलाई अपील गर्नु भयो,

यसै गरी , जगदिश पुर चोक, पत्थर दैया बजार, झिंगा चोक, झुलनिय चोक, र पिपरी मा कोण सभा सम्पन्न भएका छन्, ती कोण सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य त्रिवेणी कुर्मी, राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका समिति अध्यक्ष गोविन्द परिवार, राजमो पालिका समिति सदस्य टेक बहादुर केसी, सूर्य बहादुर जी सी ले संघीयता बिरुद्ध मन्तव्य राख्नु भएको थियो, यस अब सर मा ती ठाउँ हरुमा संघीयता बिरुद्ध वाल पेन्टिङ पनि गरिए को छ, व्यापक जनता बीच सम्पर्क भएको राष्ट्रिय जनमोर्चा लाई संगठन गर्न सम्पर्क मागेको , संघीयता खारेज गर्न ,राष्ट्रिय जनमोर्चा को संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन लाई उत्साह जनक रूपमा जनताले हेरेको अदै ले बताउनु भयो













