शिवराजमा निशुल्क बाली उपचार शिविर सुरु

नवराज पौडेल
लोक सञ्चार अनलाइन कपिलवस्तु
बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न शिवराज नगरपालिकामा  निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना सुरु भएको छ । शिवराज नगरपालिकाको कृषि शाखाले शिविरको आयोजना गरेको हो । शाखाले आज वडा नम्बर ३ बाट औपचारिक रुपमा घुम्ती शिविर संचालन गरिएको शाखा प्रमुख तारा प्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने जनाउनुभयो  । शिवराज नगरपालिकाका वडाहरु १,२,३,६,८,र ११ गरि ६ वटा वडामा मा शिविरको  आयोजनामार्फत नमूना संकलन गरी निःशुल्क परीक्षण गरिने कार्यालय प्रमुख चौधरीले बताउनु भयो ।

‘शिविरमा कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सत्यराम हरिजनले  किसानले ल्याएका बिरुवाको परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे परामर्श दिनुभएको थियो । उहाँले ‘नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी दिनुभएको थियो ।
किसाले रोगकिराको सङ्क्रमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याएका थिए । किसान नमुना ल्याउदा  कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने बताउदै बोटमा असर गरेको भए पूरै बोट जरासहित उखेलेर ल्याउने र नमूना ल्याउँदा रोग लागेको र स्वास्थ्य भाग दुवै पर्ने गरी ल्याउन किसानलाई जानकारी गराइएको थियोे ।

यसैगरी शिविर कार्यक्रम लाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले कृषि प्रधानदेशका किसान हामी सके सम्म बिसादी प्रयोग गर्न नहुने बताउनु भयो ।
शिविरबाटकिसानलेरोगतथा किराबारे जानकारीपाउनुकासाथैनियन्त्रणगर्नेउपायसिकेको  उल्लेखगर्दैकृषिशाखापरिवारलाईधन्यवाददिनुभयो । शिविरमाकार्यपालिकासदस्यएवममहिलावडासदस्यबुद्धिकलाभण्डारी, वडासदस्यश्यामलालथारुकृषिशाखाकाचित्रापोख्रेल, पर्शुरामकलवारलगाएकोसहभागीतारहेकोथियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ