वडा नम्बर ३ मा १५ पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण

नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज  नगरपालिका वडा नम्बर ले पशुपालक कृषकहरूलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । वडा क्षेत्रका  १५ पशुपालक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो ।
विद्युतको माध्यमबाट चल्ने सो चापकटर गाईबस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ । वडामा  एक कार्यक्रम गरेर कृषकहरूलाई च्यापकटर हस्तान्तरण गरिएको छ ।
कृषकहरूलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न वडाले  अनुदानमा च्यापकटर प्रदान गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो
कृषि पेसालाई समयअनकूल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै सापकोटाले आगामी दिनमा पनि कृषकहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुक तारा प्रसाद चौधरीले वडा नम्बर ३ कृषि खेतीमा हवको रुपमा रहेको वडाले हरेक वर्ष यहाँका कृषकलाई कृषि योग्य सामाग्री प्रदान गर्दै आइरहेको र अहिले पशुपालक कृषकलाइ च्यापकटर बितरण गरेको बताउदै
च्यापकटरको प्रयोगबाट कृषकहरूलाई निकै सहज हुने विश्वास व्यक्त गरे । सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिँदै प्रयोग गर्ने तरिका पनि कृषकहरूलाई जानकारी गराइएको थियो ।    च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुने भएकाले निकै उपयोगी हुने कृषकहरू बताउँछन् । सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ४० हजार रहेको छ ।वडाको ३ लाख र कृषक को ३ लाग गरि ६ लाख लागतमा   कृषकहरूलाई अनुदानमा च्यापकटर दिएको हो । वडाले   कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरूलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ