हंस बाहिनिका संचालक त्रिपाठी द्वारा शिक्षक माथी कुटपिट ।।

कपिलवस्तुको शिवराज नगरपालिका – ३ स्थित हंस वाहिनी विद्यालयमा शिक्षकमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ । विद्यालयका संस्थापक तथा पूर्व प्रअ. अजय त्रिपाठीले शिक्षक सुनिल कुमार चाईलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लागेको छ । त्रीपाठीले शिक्षक चाइको अनुहार खुट्टामा कुटपिट गरेका छ्न ।

त्रिपाठीले ज्यान मार्ने धम्की दिएको र हातपात समेत गरेको पीडित शिक्षकले बताएका छन् । यस घटनाले विद्यालयमा कार्यरत शिक्षकहरू, विद्यार्थी र अभिभावकमाझ त्रासको वातावरण सिर्जना गरेको छ ।

पीडित शिक्षक चाइले वडा प्रहरी कार्यालय चन्द्रौटामा समेत निवेदन दिएका छन् ।

पीडित शिक्षकले आफूलाई उचित न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ