कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ ठुलो सिसहानियामा आगलागीबाट ४२ बिघाको गहुँबाली जलेर नष्ट भएको छ ।
कम्बाइनले एक्कासि खेतमा आगलागी हुँदा १५ जना किसानको ४२ बिघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
करिब २०० क्युन्टल बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार ठुलो सिसहानिया गाउँको खेतमा गहुँ कट्ने क्रममा आगो लागेपछि सोही आगो १५ जना किसानको गहुँबालीमा सल्किएको थियो ।
आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी लबनीको टोली आगलागी स्थलमा खटिएको छन् ।
प्रहरी, दमकल र स्थानीयहरूको सर–सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
कम्बाइले गहु काट्ने क्रममा आगलागी हुदा ७ बिघाको १ सय ९८ क्युन्ट्ल गहु जलेर नस्ट भएको हो । सवा ८ लाख बढीको क्षति भएको छ ।
ठुलोसिसनिया र महतिनीया बस्ने महिबुदीन मुसलमान, नैतुल्ला मुसलमान, हकिकुल्ला मुसलमान, मैगुल्ला मुसलमान, ईनामुल्ला मुसलमान, कलाम मुसलमान, कनैया चमार, गम्मा पासी, भुसई पासी, घरभरन पासी, बिनोद पासी, गोबिन्द हरीजन र रामलगन पासी को अ. ७ बिगाह (पक्कि) खेतमा लगाएको गँहु जलेको हो । गोबिन्द हरिजनको खेतमा कम्पाईन मेसिनले गँहु काटिरहेको अस्थामा एक्कासी आगालागी भएको हो ।













