राष्ट्रिय जनमोर्चाले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्यायो ।।

 

 

 

चित्रबहादुर केसी नेतृत्वको  राष्ट्रिय जनमोर्चाले सप्ताहब्यापी राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम छोट्याएको छ ।

काठमाडौँमा बढ्दो प्रदूषणका कारण आन्दोलन छोट्याएर ५  दिन कायम गरिएको महासचिव मनोज भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनकाअनुसार आन्दोलनको तेस्रो दिन आज विभिन्न स्थानबाट आन्दोलनकारीहरू दिउसो १२ बजे ललितपुरको लगनखेलमा भेला भई त्यहाँबाट जुलुससहित दिउँसो २ बजे माइतीघरमण्डलामा सभामा परिणत हुने छ ।

उक्त सभालाई  भट्टले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि जनमोर्चाले यसअघि चैत्र २४ देखि ३० गतेसम्म आन्दोलन घोषणा गरेको थियो । अब भने आन्दोलनका कार्यक्रम २८ गतेसम्म मात्रै हुने भएको

 

 

रातोपाटि बाट साभार

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ