राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको र्‍याली: निहत्था नागरिकमाथि राज्यको दमनको विरोध ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्ला समितिको आयोजनामा आज कपिलवस्तु नगरपालिकाको २ नम्बर वडा, तौलिहवा स्थित बुद्ध पद्म मावि को प्राङ्गणमा विशाल र्‍याली सम्पन्न भएको छ। र्‍यालीमा राप्रपा कपिलवस्तुका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य ध्रुब रायमाझी, जिल्ला प्रवक्ता भुमिराज गिरी, नगर अध्यक्ष अम्रिका कुर्मी लगायत अन्य नेताहरू र पार्टीका कार्यकर्ता सहभागी भएका थिए ।
र्‍यालीमा नेपालको राष्ट्रिय झण्डा बोकेर   नाराहरूमा “गृहमन्त्री राजीनामा दे”, “गणतन्त्र मुर्दावाद”, “राजतन्त्र जिन्दावाद”, “हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ”, “राजा आउ देश बचाउ”, “हिन्दुराज्य कायम गर” जस्ता नारा लगाएका   थिए ।
र्यालि पछि भएको कोण सभा कार्यक्रममा वक्ताहरूले सरकारद्वारा निहत्था नागरिकमाथि भएका हत्या, दमन र गिरफ्तारिहरूको विरोध गर्दै, राज्यद्वारा सिर्जित हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका थिए। र्‍यालीका सहभागीहरूले विशेष गरी रविन्द्र मिश्र धवल शमशेर लगायतका राष्ट्रवादी नेता र कार्यकर्ताहरूको गिरफ्तारी र रिहाइको लागि सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

र्याली तौलिहवा बजार हुँदै तौलेश्वर मन्दिर पुगेर जिल्ला प्रशासन कार्यालयको अगाडि कोणसभा आयोजना गरिएको थियो। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको छ, जसमा पार्टीका नेता र कार्यकर्ताहरूको बिना शर्त रिहाइको माग गरिएको छ।वक्ताहरूले आफ्नो सम्बोधनमा संघीयताले देशको खर्च धान्न नसक्ने, सानो मन्त्री मण्डल र राजसंस्था सहितको व्यवस्थाको आवश्यकता रहेको बताएका छन्। साथै, एमाले, कांग्रेस, माओवादी र मधेसका पार्टीहरूबाट देशको निकास ननिस्कने, गणतन्त्र र यो व्यवस्थाको अन्त्य हुन लागेको र जनआन्दोलन गर्नुपर्ने अवस्थाको व्याख्या गरेका छन्।

ज्ञापनपत्रमा शहीद पत्रकार सुरेश रजत र सविन महर्जनको गोली हानी हत्या र राष्ट्रवादी नेता तथा कार्यकर्ताको निरन्तर दमनको विरोध गरिएको छ।यस र्‍यालीका माध्यमबाट राप्रपा कपिलवस्तुले सरकारसँग बिचार गरि राष्ट्रवादी नेताहरूको रिहाइको माग पुनः प्रकट गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर