कपिलवस्तुमा गणतन्त्र को रक्षा र संघीयता खारेज को लागि कार्यक्रम को घोषणा ।।
केर सिंह अदै
कपिलवस्तु , राष्ट्रिय जनमोर्चा ले संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पारे सँगै देसभर यही वैशाख २० गते देखि २६ गते सम्म गणतन्त्र को रक्षा र संघीयता को खारेजी को लागि पालिका स्तरमा संघर्ष गर्ने घोषणा गरेको छ । यही कार्यक्रम सम्मपन्न गर्न आज कपिलवस्तु को जीतपुरमा राष्ट्रिय जनमोर्चा का केन्द्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद माननीय चित्र बहादुर केसी ज्यू को प्रमुख आतिथ्यता मा र ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीको अध्यक्षता पार्टीको बैठक वसी जिल्ला व्यापी संघर्स को कार्य क्रम घोषणा गरिएको छ ।
जस् अनुसार वैशाख २० गते चार न जीत पुरमा कार्य क्रम को उद्घाटन हुने छ । २० गते नै बुद्धभूमि को भेलाईमा कार्यक्रम हुने छ, २१ गते शिवराज नगरपालिकाको चन्द्रौटा र विजयनगर गाउँ पालिकामा कार्यक्रम सम्पन्न हुने छ । २२ गते कृष्णनगर र महाराजगंज कार्यक्रम हुने जनाइएको छ । , २३ गये मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिका मा कार्यक्रम हुने छ । यसैगरी २४ गते सुधोधन गाउँपालिका मा हुनेछ भने वैशाख २६ गते तौलिहवा मा जुलुस प्रर्दशन सहित कार्य क्रम समापन गरिने बताइएको छ ।
बैठक मा काठमाडौं केन्द्रित आन्दोलन को मूल्यांकन, गर्दै आर्थिक नैतिक भौतिक सहयोग गर्ने , कार्य क्रम सफल पार्न खट्नु हुने सबैलाई धन्यबाद व्यक्त गरेको छ ।
बैठक ले शिक्षक हरुको काठमाडौं केन्द्रित आन्दोलनलाई समर्थन गरेको छ । बैठक ले भोलि वैशाख ९ गते ७७ औं पार्टी स्थापना दिवस र १५६ औं लेनिन स्मृति दिवस गोरुसिङ्गेमा मनाउने, निर्णय गरिएको छ ।
साथै वैशाख १८ गते में दिवस अखिल नेपाल ट्रेड युनियन महासंघ अनटुक को मातहतमा चन्द्रौटामा मनाउने निर्णय गरिएको छ ।
बैठक ले जिल्ला मा सशी सापकोटा को संयोजक मा ५ सदस्यीय प्रगतिशील पाठक मञ्च गठन गरेको छ जस अनुसार सदस्य हरुमा केर सिंह अदै, मिना पोख्रेल, हिमलाल बेल्बासे, राम प्रसाद बेल्बासे रहनु भएको छ ।














