कपिलवस्तु मा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो
लोक सञ्चार अन्लाईन कपिलवस्तु,
अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक जिल्ला समिति कपिलवस्तु को आयोजना मा चन्द्रौटा मा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को प्रमुख आतिथ्यता र श्याम मोहन केवट को अध्यक्षता सम्पन्न समारोह लाई सम्बोधन गर्दै केन्द्रिय सदस्य केर सिंह अदै ले खुल्ला अर्थ नीति र उदारीकरण ले देश को राष्ट्रिय पूँजीपति लाई संकटमा पारेको, उद्योग निजी करण र ठेक्का पट्टाले मजदुर हरु को हक, अधिकार ध्वस्त बनाएको बताउनु भयो , उहाँको भनाइ थियो , जहाँ कम्पनी निजी भयो, त्यहाँ श्रम ऐन लागू भएको छैन ।मजदुरको हाजिर ठेकदार ले लगाउने हुँदा मजदुर ले राज्यको श्रम ऐन अनुसार सुविधा पाउनै नसक्ने बताउनु भयो ।

कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष केहर सिंह पुन, जातीय समता समाज का केन्द्रिय सदस्य खगेश्वर सुनार, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मान बहादुर नेपाली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का प्रतिनिधि राम बहादुर नेपाली, अखिल नेपाल किसान संघ का केन्द्रिय सदस्य श्याम प्रकाश खनाल, जनजाति सम्मेलन का केन्द्रिय सदस्य नर बहादुर घर्ति, रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा, अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला सदस्य छन्द बहादुर के सी ले मजदुर आन्दोलन को बारेमा सम्बोधन गर्नु भएको थियो ।
रक्तिम सांस्कृतिक अभियान का कलाकार ले निकाल्यौ हीरा मोती मजदुर गीत र उठ उठ भोका नाङ्गा हरु भन्ने अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।
, कार्यक्रममा हालै सम्पन्न विद्यार्थीहरुको निर्वाचन मा समयथान बहुमुखी क्याम्पस बाट निर्वाचित सदस्य हरु टिना अदै र माधवी खड्का लाई सम्मान गरिएको थियो । कार्यक्रम को सञ्चालन गोपाल के सी ले गर्नु भएको थियो भने स्वागत राम बहादुर बुढाथोकी ले गर्नु भएको थियो ।













