कपिलवस्तुमा प्रतिगामी खतरा र गणतन्त्र रक्षाको लागि चेतनामूलक कार्यक्रम सम्पन्न ।।

कपिलवस्तुमा प्रतिगामी खतरा र गणतन्त्र रक्षाको लागि चेतनामूलक कार्यक्रम सम्पन्न ।।
लोक सञ्चार मिडिया प्रा.लि
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जिल्ला को तीन ठाउँमा प्रतिगामी खतरा बिरुद्ध र गणतन्त्र को रक्षाको लागि चेतनामूलक कोण सभा सम्पन्न गरेको छ । कपिलवस्तुको पश्चिम क्षेत्रको टीमले शिवराज नगरपालिकाको चन्द्रौटा मा कोण सभा सम्पन्न गरेको हो ।
उक्त सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रिय सदस्य केर सिंह अदैले सम्बोधन गर्दै केही पुराना पञ्च , जमिन्दार हरुले भारतको चाहना पूरा गर्न हिन्दू राष्ट्र को माग सहित राजतन्त्र को माग उठाएको बताउँदै त्यो २४० वर्ष पुरानो स्वर्ग अहिलेका सचेत जनताले पूरा हुन नदिने बताउनु भयो ।
उहाँले गणतन्त्रका केही व्यक्तिहरु दलाल, भस्ट्टचारी हुँदैमा गणतन्त्र गलत नहुने बताउनु भयो । नेपाली जनता सचेत हुनु पर्ने बताउँदै आवश्यक परे , प्रतिगामी कदम बिरुद्ध मोर्चा बन्दी गर्नुपर्ने बताउनु भयो ।

उक्त कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला कोषअध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केहर सिंह पुन ले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम को सञ्चालन चेत नारायण खनालले गर्नु भएको थियो । यसै गरी शिवराज नगर पालिका वडा नं ३ को खरेन्द्रपुरमा सम्पन्न भएको कार्यक्रम लाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का प्रतिनिधि राम बहादुर विक ले र राजमो जिल्ला सचिव केर सिंह अदै ले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन प्रकाश विक ले गर्नु भएको थियो ।

यसै गरी पूर्व को टीम ले कपिलवस्तु नगरपालिका को जगदिशपुर कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई
ने क पा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षेत्री , राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासे, र जातीय समता समाज का केन्द्रिय सदस्य खगेश्वर सुनार ले मन्तव्य राख्दै गणतन्त्रवादी , ठुला पार्टीका गलत क्रियाक्लबका कारण गणतन्त्र माथि नै असन्तुष्टि बढेको तर यसको विकल्प राजतन्त्र नभएको बताए

राष्ट्रिय जनमोर्चा ले लिएको नीति सही भएको बताउँदै, जनताले सोच्नु पर्ने बेला आएको बताए, जगदिशपुरको कार्यक्रम को सञ्चालन मान बहादुर नेपाली ले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ