शिवराजमा स्नातक अध्ययन गर्न २६ जनालाई छात्रवृत्ति ।

शिवराजमा स्नातक अध्ययन गर्न २६ जनालाई छात्रवृत्ति ।।

कपिलवस्तु  -कपिलवस्तुको शिवराज नगरपालिकाले स्नातक तहमा अध्ययनरत गरिब तथा विपन्न परिवारका २६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरेको शिवराज नगरपालिकाले नगरभित्रका गरिब र विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गरी यो छात्रवृत्ति प्रदान गरेको हो।

नगरभित्रका नेपाल आदर्श बहुमुखी क्याम्पस र समयथान बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त आवेदनको आधारमा २६ जना विद्यार्थी छनोट गरिएका हुन्।

ती विद्यार्थीहरूलाई प्रति व्यक्ति २० हजार रुपैयाँका दरले छात्रवृत्तिको चेक सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख अजय थापाले शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउनु भयो ।

नगरपालिकाले  विपन्न वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच दिन विशेष प्राथमिकता दिए बताउनु भयो । भविष्यमा यो कार्यक्रमलाई अझ विस्तार गर्न छात्रवृत्ति  पाएका विद्यार्थीबाट प्रतिफलको अपेक्षा  गरेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले समान अवसर र समावेशी शिक्षाको अभ्यास गर्दै शिवराज नगरपालिकाले निरन्तर रूपमा शैक्षिक क्षेत्रमा लगानी बढाउँदै आएको  बताउनु भयो ।

त्यसैगरी वडा अध्यक्ष टेकलाल सापकोटाले छात्रवृत्तिले विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुग्ने बताउनु भयो ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले शिवराज नगरपालिकालाई धन्यवाद दिँदै अध्ययनमा अझ मेहेनती हुने प्रतिबद्धता जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ