राष्ट्रिय जनमोर्चा द्वारा गणतन्त्रको संरक्षण र प्रतिगामी खतरा विरुद्ध सभा सम्पन्न । 

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा गणतन्त्रको संरक्षण र प्रतिगामी खतरा विरुद्ध सभा सम्पन्न ।
कपिलवस्तु,
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले गणतन्त्रको रक्षा र प्रतिगामी शक्तिहरूको खतरा विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तु जिल्लाका दुई स्थानमा कोणसभा सम्पन्न गरेको छ।
सुद्दोधन गाउँपालिका–८ बगदीमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे र नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षत्रीले सम्बोधन गर्नुभएको थियो  भने  कार्यक्रम सञ्चालन मानबहादुर नेपालीले गर्नु भएको थियो ।
त्यस्तै, मायादेवी गाउँपालिका–७ चाकलचौडामा सम्पन्न अर्को कोणसभामा जातीय समता समाजका केन्द्रीय सदस्य खगेश्वर सुनार र नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाट क्षत्रीले सम्बोधन गर्नु भएको हो । उक्त कार्यक्रम सञ्चालन रामप्रसाद बेल्बासेले गरेका थिए।
वक्ताहरूले राजतन्त्रकालीन जनपीडा, अशिक्षा, प्रतिगामी चलखेल, गणतन्त्रको संरक्षण तथा संघीयताको खारेजी जस्ता विषयमा धारणा राखेका थिए। साथै, किसानहरूले भोगिरहेको मलखाद, बीउ, सिंचाइ आदिको समस्याबारे पनि चर्चा गरिएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ