गणतन्त्र जनताको बलिदानी बाट आएको हो : कसैले चाहँदैमा राजतन्त्र आउँदैन, बद्रे आलम :
केर सिंह अदै कपिलवस्तु ।।
कपिलवस्तु , राष्ट्रिय जनमोर्चा कपिलवस्तु ले जिल्ला व्यापी वैशाख २०गते देखि २६ गते सम्म संचालन भएको। प्रतिगामी खतरा बिरुद्ध संघर्ष र गणतन्त्र रक्षाको लागि एक हप्ते पालिका स्तरीय जन चेतना कार्य क्रम सल्चलान को आज सदरमुकाम तौलिहवा मा समापन गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासे को अध्यक्षता मा सम्पन्न सभा लाई प्रमुख अतिथि को आसन बाट बोल्दै राष्ट्रिय जनमोर्चा का केन्द्रिय सल्लाका र का बद्रे आलमले गणतन्त्र दशकौ देखि जनताको संघर्स र बलिदान बात आयको बताउँदै , कसैले चाहँदैमा राजतन्त्र नआउने ठोकुवा गर्नु भयो, राजतन्त्र र हिन्दू राष्ट्र भारतको चाहना भएको बताउँदै संघीयता पनि भारतको चाहना अनुसार आयको तर उसको भने जस्तो सपना पूरा नभएको बताउँदै यसैको परिणाम नेपाली जनताले संविधान बनाए बापत नाकाबन्दी झेल्नु परेको बताउनु भयो,।
कार्यक्रम लाई सम्बोधन गर्दै ने कपा मसाल का जिल्ला प्रवक्ता माधव भाट क्षत्री ले राजा आउ देश बचाउ भन्ने भ्रामक प्रचार भएको बताउँदै राजाले देश बचाउन नसक्ने बताउनु भयो ।
उहाँको भनाइ थियो देश जनता को संघर्स बाट बचेको र देश बचाउने जनता हुन भन्नु भयो, जातीय समता समाज का केन्द्रिय सदस्य खगेश्वर सुनार ले संघीयता को कारण देश असफल हुँदै गएको धारणा व्यक्त गर्नु भयो, कार्यक्रम मा राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाका र दधिराम आचार्य, अखिल नेपाल किसान संघ का केन्द्रिय उपाध्यक्ष शिव पौडेल को पनि आतिथ्य ता रहेको थियो, कार्यक्रम सुरु हुनु अघि गगन भेडी नारा ,जुलुस सहित बजार परिक्रमा गरिएको थियो, कार्यक्रम को सञ्चालन स शी सापकोटा ले गर्नु भएको थियो, भने स्वागत राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले गर्नु भएको थियो ।













