वडा नम्बर १० पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा।।

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा

प्रिन्स मिश्रा कपिलवस्तु ।
शिवराज नगरपालिका वडा न १० लाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

शिवराज नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अजय थापाले प्रमाणपत्र प्रदान गर्दै पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नु भएको हो ।

नगर प्रमुख थापाले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।

सो अवसरमा कार्यक्रमको अध्यक्षता शिवराज नगरपालिका वडा नं १० की वडा अध्यक्ष मंजू मिश्राले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा पुर्ण खोप सुनिश्चित गर्न योगदान गर्ने स्वास्थकर्मी तथा महिला स्वास्थ स्वयंसेबिकाहरुलाई सम्मान गरिएको लालपुर स्वास्थ चौकीका प्रमुख तथा वडा खोप समन्वय समिति सदस्य सचिव लेखनाथ पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ