शिवराज नगरपालिका वडा नं. ३ ‘पूर्ण खोप सुनिश्चितता/दिगोपना वडा’ घोषणा

शिवराज नगरपालिका वडा नं. ३ ‘पूर्ण खोप सुनिश्चितता/दिगोपना वडा’ घोषणा:
नवराज पौडेल कपिलवस्तु ,,
शिवराज नगरपालिका वडा नम्बर ३ ले राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ (तेश्रो संस्करण २०७७) मा उल्लेखित सम्पूर्ण प्रक्रिया पूर्ण गर्दै “पूर्ण खोप सुनिश्चितता/दिगोपना वडा” को ऐतिहासिक मान्यता प्राप्त गरेको छ। यस घोषणासँगै वडाले बालस्वास्थ्य प्रवर्द्धनमा एक उदाहरणीय उपलब्धि हासिल गरेको छ।
फाल्गुन मसान्तसम्म वडा नं. ३ भित्र रहेका १६ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेर नपुग्दै आवश्यक सम्पूर्ण खोप लगाउने कार्य सम्पन्न गरिएको हो। खोप अभियान अन्तर्गत बीसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस बी, हिब, एमआर, जेई लगायतका आवश्यक सम्पूर्ण खोपहरू निश्चित उमेरभित्र लगाइएको पुष्टि गरिएको छ।

यो अभियान चनइ स्वास्थ्य चौकीको प्राविधिक नेतृत्व, स्वास्थ्यकर्मीहरू सम्पूर्ण  महिला स्वयंसेविकाहरूको क्रियाशील सहभागिता र समुदायको सक्रियताबाट सम्भव भएको हो। वडास्तरीय योजना, नियमित खोप सत्र, अनुगमन, जनचेतनामूलक कार्यक्रम र घरदैलो अभियानको संयुक्त प्रयासबाट खोप सुनिश्चितता हासिल गरिएको जनाइएको
घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख शिवकुमारी चौधरीले  “चनइ स्वास्थ्य चौकी तथा स्वास्थ्यकर्मीहरूको अथक मेहनतका कारण आज हामीले पूर्ण खोप सुनिश्चितता वडाको घोषणा गर्न सकिएको बताउनु भयो ।  यो उपलब्धि संरक्षण गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो। निरन्तरता र दिगोपनाको लागि पालिकाको साथ सदैव रहनेछ।”

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख अजय थापाले नगरपालिकाले पछिल्लो समय स्वास्थ्यका क्षेत्रमा सुधार र नागरिकको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा, सर्पले डसेमा निशुल्क औसधि उपचार, आधारभुत स्वास्थ्य चौकी चन्द्रौटामा बिसेसज्ञ डाक्टर द्वारा महिनाको ४ पटक गरिने चेकजाँच लगाएतका विषयमा समेत महिला स्वयंसेबिकाले घरघरमा सुचना प्रवाह  गर्नुपर्ने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले खोप अभियानमार्फत वडाले बाल स्वास्थ्य, मातृ–शिशु सुरक्षा तथा समुदायको समग्र स्वास्थ्य सूचकांक सुधारतर्फ ठूलो फड्को मारेको उल्लेख गर्दै भविष्यमा अन्य वडाहरूले पनि यसबाट प्रेरणा लिन सक्ने धारणा व्यक्त गर्दै यो कार्यक्रमलाई दिगो रुपमा संचालन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष टेकलाल सापकोटाले गर्नुभएको थियो। उहाँले वडाबासीको सक्रियता र सहकार्यप्रति आभार व्यक्त गर्दै खोप दिगोपनाका लागि थप योजना अघि सार्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा खोप अभियानमा उल्लेखनीय योगदान पुर्‍याउने महिला स्वास्थ्य स्वयंसेविकाहरू, नर्सिङ स्टाफ र स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। साथै, अभियानको सशक्त सूचनाको माध्यम बनेका दुई जना पत्रकार राम अवतार चौधरी र नवराज पौडेल लाई समेत सम्मान  गरिएको थियो।
पूर्ण खोप सुनिश्चितता/दिगोपना वडा घोषणा केवल प्रमाणपत्रको रूपमा नभई, समुदायको स्वास्थ्यप्रति स्थानीय सरकारको प्रतिबद्धता र नेतृत्व क्षमताको प्रमाण हो। बालबालिकाको प्रारम्भिक स्वास्थ्य सुरक्षामा लगानी गर्नु भनेको दीर्घकालीन मानव विकासमा लगानी गर्नु हो भन्ने सन्देश यस उपलब्धिले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ