सांसद तथा पुर्वमन्त्री यादवले दिए स्कूललाई बस
कपिलवस्तु ,,
कपिलवस्तु क्षेत्र नं ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादवले विजयनगर गाउँपालिका–१, गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको छ ।
पूर्वमन्त्री यादवले आफ्नो संसदिय विकास कोषको लगानीमा विद्यालयलाई बस प्रदान गरिएको जानकारी दिनुभयो ।
चुनावी एजेन्डाअनुसार विद्यालयलाई बस दिने प्रतिबद्धता जनाउनुभएका यादवले उक्त प्रतिबद्धता पूरा भएको बताउनुभयो ।
पुर्वमन्त्री यादवले स्कुल बसको सञ्चालनले यस क्षेत्रका बालबालिकालाई अध्ययनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
स्कुल बस उद्घाटन समारोहमा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले स्कुल बसले विद्यार्थीहरुलाई विद्यालय जान सहज हुने बताउनुभयो ।
विद्यालयमा बस प्राप्त भएपछि दुधाधारी नमुना माध्यमिक विद्यालयका अध्यक्ष राम प्रकट कोरीले विद्यार्थीलाई आवागमनमा सहज भएको प्रतिक्रिया दिनुभयो ।













