बलियो उम्मेदवारको रुपमा देखिएका छ्न गैरे प्यानल

शिवराज नगरपालिका–१ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको ११औं अधिवेशन यही जेठ १७ गते शनिबारका दिन हुने भएको छ। अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि विभिन्न उम्मेदवारहरू प्रस्तुत भएका छन्।

आर्थिक पारदर्शिता, वन संरक्षण तथा स्थानिय विकास” भन्ने नाराका साथ अगाडि बढेको प्यानलले अध्यक्ष पदमा डिल प्रसाद गैरेलाई उम्मेदवार बनाएको छ। गैरे नेकपा एमाले निकट प्यानलबाट प्रतिस्पर्धा गर्दै छन्। उनले ‘बस’ चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका हुन्।

उनको प्यानलबाट अन्य पदमा उम्मेदवारी दिनेहरूमा उपाध्यक्षमा रेश्मा नेपाल, सचिवमा लेखेन्द्र बहादुर थापा, सह–सचिवमा साबित्रा खड्का, कोषाध्यक्षमा सम्झना भुसाल रहेका छन्। यस्तै, सदस्यहरूमा लौटू थारु, हिरा सुनार, कमला भट्टराई, जैश मो. मिया र यस कुमार थारु रहेका छन्।

उम्मेदवारहरूले सामुदायिक वनको स्रोतको पारदर्शी उपयोग, दिगो वन संरक्षण, वातावरणीय सन्तुलन तथा स्थानिय स्तरमा आम उपभोक्ताको सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

अध्यक्ष पदका लागि गैरेको प्रमुख प्रतिस्पर्धा संयुक्त प्यानलबाट उम्मेदवार बनेका बिनोद कुँवरसँग हुने भएको छ। निर्वाचनलाई लक्षित गर्दै दुबै प्यानलले सक्रिय प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।

‘बस’ चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले उपभोक्तालाई सम्बोधन गर्दै आफ्नो अमूल्य मत गैरे नेतृत्वको प्यानललाई दिई अत्यधिक बहुमतसहित विजयी गराउन अपिल गरेका छन्।

गाउँ–बस्तीमा सधैं सक्रिय रहने, सबै वर्गसँग सहकार्य गर्ने र सरल स्वभावका कारण गैरेप्रति उपभोक्ताहरूमाझ  निरन्तर सहकार्य गरेका गैरे  बलियो उम्मेदवारको रुपमा देखिएका छन।

‘बस’ चिन्हबाट चुनावी मैदानमा उत्रिएका उनी जनतामाझ चिनिएका र स्वीकारिएका उम्मेदवार हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ