बिजयनगरमा चट्याङ लागेर एक महिलाको मृत्यु

विजयनगर) कपिलवस्तु, ४ असार ।

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ । जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे ।

शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनलेे बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जनाए

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ