शिवराज–४ मा १६६ कृषकलाई स्प्रे ट्याङ्की वितरण, उत्पादनमा प्रविधिको पहुँच

शिवराज–४ मा कृषकलाई स्प्रे ट्याङ्की वितरण, उत्पादनमा प्रविधिको पहुँच
नवराज पौडेल कपिलवस्तु ,

कपिलवस्तुको शिवराज नगरपालिका–४ मा कृषकहरूलाई लक्षित गर्दै वडामा रहेका किसानलाई १६६ वटा स्प्रे ट्याङ्की वितरण गरिएको छ। कार्यक्रम बिहीबार वडामा आयोजित कार्यक्रममा कृषकहरूले ५० प्रतिशत अनुदानमा स्प्रे ट्याङ्की प्राप्त गरेका हुन्।

वडा अध्यक्ष नसिम अहमद खाँले वितरण कार्यक्रमको उद्घाटन गर्दै कृषि उत्पादनमा प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “आजको युगमा परम्परागत कृषि प्रणालीले मात्रै धान्न सकिँदैन। हामी कृषकलाई प्रविधिमा जोडेर समृद्धिको बाटोमा लैजान चाहन्छौं।”

कार्यक्रममा शिवराज नगरपालिकाको कृषि शाखाका प्रमुख तारा प्रसाद चौधरीले पनि किसानको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै अनुदानमार्फत प्रविधि पु‍र्‍याउन नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो। उहाँले नियमित रुपमा कृषकलाई तालिम, उपकरण तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा लाभान्वित किसानहरूले स्प्रे ट्याङ्की पाएपछि कीटनाशक छर्कन सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले अनुदान कार्यक्रमले लागत घटाउने र उत्पादनमा वृद्धि ल्याउने विश्वास व्यक्त गरे।
शिवराज नगरपालिका–४ को पहलमा सञ्चालित यो कार्यक्रमले कृषकहरूमा आत्मविश्वास बढाएको छ भने स्थानीय उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। आगामी दिनमा अन्य उपकरण तथा सहुलियत कार्यक्रम पनि सञ्चालन हुने वडाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर