शिवराज ९ मा एक पुरुषको गलेको अवस्थामा शव फेला

शिवराज ९ मा एक पुरुषको गलेको अवस्थामा शव फेला

सुबास परियार
शिवराज वडा नम्बर ९

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९, शिवगढीबाट करिब १५ किलोमिटर उत्तरतर्फ रहेको गङगटे खोलामा एक अन्दाजी ४०–४५ वर्षको जस्तो देखिने पुरुषको शव गलेको अवस्थामा फेला परेको छ।

स्थानीयवासीहरू बनमा च्याउ खोज्न गएका बेला शव भेटिएको हो। घटनाबारे इलाका प्रहरी कार्यालय सुन्दरिडाँडालाई जानकारी दिइएको थियो। प्रहरीको टोली घटनास्थल पुगेपछि शव भेटिएको स्थान विजयनगर गाउँपालिका भित्र पर्ने देखिएकोले घटनाको अनुसन्धान तथा अन्य प्रक्रिया अगाडि बढाउने जिम्मा इलाका प्रहरी कार्यालय गणेशपुरलाई दिइएको थियो।

गणेशपुर प्रहरी कार्यालयको टोलीले शवलाई आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटामा लगेको जनाएको छ। स्थानीयका अनुसार मृतक मानसिक सन्तुलन गुमाएका भारतीय नागरिक हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ