चन्द्रौटा सहज टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन
कपिलवस्तु,
शिवराज नगरपालिका वडा नं. ५ अन्तर्गत चन्द्रौटा सहज टोलमा राष्ट्रिय जनमोर्चाको टोल भेला सम्पन्न भएको छ। ज्ञानबहादुर थापाको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केरसिंह अदैको उपस्थितिमा सम्पन्न उक्त भेलाले ११ सदस्यीय सहज टोल समिति गठन गरेको छ।

गठित समितिको अध्यक्षमा ज्ञानबहादुर थापा चयन हुनुभएको छ भने उपाध्यक्षमा होमबहादुर कुँवर, सचिवमा कमला सुनार, सह–सचिवमा हरीबहादुर सुनार, कोषाध्यक्षमा अनिता नेपाली चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा विनोद नेपाली, राजु नेपाली, उजिल गिरी, विजुला सुनार रहनुभएको छ भने सल्लाहकारमा गंगा नेपाली र सन्ता सुनार चयन हुनुभएको छ।
भेलामा जिल्ला सचिव अदैले देशको वर्तमान राजनीतिक परिस्थिति र राष्ट्रिय जनमोर्चाको कार्यक्रम तथा नीतिबारे प्रकाश पार्नुभएको थियो। नव–निर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय जनमोर्चा वडा नं. ५ का अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरले शुभकामना मन्तव्य दिनुभएको थियो।
भेला पश्चात आयोजित बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ
सदस्यता वितरणलाई तीव्र बनाउने,आगामी भदौ महिनामा टोल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,प्रत्येक सदस्यले एक–एक नयाँ सदस्य बनाउने,भेलामा सचिव अदैले राष्ट्रिय जनमोर्चाको सदस्यता प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन हरीबहादुर सुनारले गर्नुभएको थियो भने स्वागत मन्तव्य होमबहादुर कुँवरले दिनुभएको थियो।














