समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण ।।

समाचार प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण ।।

शिवराज नगरपालिकाले पत्रकार महासंघ कपिलवस्तुका सचिव शनि उल्ला धोबी विरुद्ध केही अनलाइन पोर्टल र सामाजिक सञ्जालमार्फत प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
नगरपालिकाले न्यूज सेक्टर नेपाल अनलाइन र Sanny Kapilvastu (News Plus) लगायतका फेसबुक पेजमार्फत “परियोजनाको टेण्डर दर खान उपमहासंघका सचिव, मेयरदेखि अन्तर्राष्ट्रिय संस्था विवादमा” भन्ने शीर्षकमा आएको समाचार भ्रामक, तथ्यहीन र आधारहीन भएको स्पष्ट गरेको हो ।

नगरपालिकाका अनुसार बेलायती सरकारको FCDO को सहयोगमा, People in Need (PIN) र DanChurchAid (DCA) को सहकार्यमा तथा LI-BIRD को प्राविधिक नेतृत्वमा सञ्चालित RAIN परियोजना अन्तर्गत शिवराजमा दुई दिने कार्यशाला सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा जिल्लाका सरोकारवाला, सञ्चारकर्मी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको र यसलाई तोडमोड गरेर भ्रामक समाचार बनाइएको नगरपालिकाले जनाएको छ ।

‘स्थानीय नेतृत्वमा आधारित अनुकूल अनुकूलनका लागि नगरपालिका स्तरीय क्रिएसन कार्यशाला गोष्ठी’ नाम दिइएको कार्यक्रममा दर खाने कार्यक्रम मुख्य आकर्षण बनेको सहभागीहरूले बताएका छन । कार्यक्रममा मेयर थापा नेतृत्वको टोली अर्घाखाँचीको नरपानी पुगेको थियोे ।

नगर प्रमुख जयप्रसाद थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता समाचारले स्थानीय तह र विकासमा अवरोध पुग्ने भन्दै तथ्यहीन समाचार प्रकाशन/प्रसारण नगर्न पत्रकार आचारसंहिताको पालनाको लागि सबैलाई अनुरोध गरिएको छ । साथै, नेपाल पत्रकार महासंघलाई समेत यस विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ