फेसबुकको कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाल पनि योग्य देशको सूचीमा ।।

फेसबुकको कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाल पनि योग्य देशको सूचीमा ।।
सामाजिक सञ्जाल फेसबुकको कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाल पनि योग्य देशको सूचीमा परेको छ ।
फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसन सुविधा उपलब्ध गराइएका देशहरूमा नेपाललाई पनि समावेश गरेको हो । यसको अर्थ अब फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ र रिलहरू मार्फत नेपाली प्रयोगकर्ताले पनि पैसा कमाउन सक्नेछन् ।
यसअघि नेपाल यो सूचीमा परेको थिएन । फेसबुकले निश्चित देश र भाषामा प्रकाशित कन्टेन्टलाई मात्रै मोनेटाइजेसनको सुविधा दिने गर्दछ ।
फेसबुकले धेरै भाषाका भिडिओहरू मोनेटाइजेसनका लागि योग्य नहुन सक्ने जानकारी दिएको छ ।
फेसबुकका अनुसार, भिडिओ र रिल हेर्दा देखिने विज्ञापनहरू र ‘परफमेन्स बोनस प्रोग्राम’ भने अगस्ट ३१ बाट बन्द गरिएको छ । सो प्रोग्राम बन्द गरेसँगै फेसबुकले नयाँ मोनेटाइजेसन प्रणाली ल्याएको हो, जसमा क्रिएटरहरू सहभागी हुन सक्नेछन् ।
नेपालसमेत परेका ७० देशलाई यो सुविधा दिइएको फेसबुकले जनाएको छ ।
अबदेखि फेसबुकमा पोस्ट गरिने रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरीहरू पनि मोनेटाइज गर्न सकिने छ । यसअघि छुट्टाछुट्टै रूपमा चलाइएका कार्यक्रमहरूलाई मर्ज गरेर नयाँ कार्यक्रम ल्याइएको हो ।
फेसबुकले हालसम्म १० लाख क्रिएटरलाई बीटा संस्करणमा सहभागी गराइसकेको र आगामी महिनाहरूमा अझ धेरैलाई निमन्त्रणा गर्ने जानकारी दिएको छ ।
यस प्रोग्राममा सहभागी हुनका लागि क्रिएटरहरूले आफ्नो प्रोफेसनल ड्यासबोर्ड मा गई मोनेटाइजेसन ट्याब खोलेर ‘कन्टेन्ट मोनेटाइजेसन’ मा क्लिक गर्नुपर्नेछ । त्यसपछि उपलब्ध भएमा यो सुविधा प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर