नेपाल अदै संघ कपिलवस्तुको प्रथम भेला सम्पन्न ।।

नेपाल अदै संघ कपिलवस्तुको प्रथम भेला सम्पन्न

कपिलवस्तु

नेपाल अदै संघ कपिलवस्तुको प्रथम भेला शिवराज–३, खरेन्द्रपुरमा सम्पन्न भएको छ। तुल बहादुर अदैको अध्यक्षतामा तथा केन्द्रीय सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा भएको भेलामा अदै जातिको इतिहास, पहिचान र सूचीकृत गर्ने पहलका विषयमा छलफल भएको थियो।

कार्यक्रममा जनजाति सम्मेलनका नगर अध्यक्ष शिव प्रसाद थारु, जातीय समता समाजका केन्द्रीय सदस्य राम बहादुर विक, समाजसेवी भीम बहादुर अदैलगायतले शुभकामना मन्तव्य राखेका थिए।

भेलाले मन बहादुर अदैको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ। जसमा उपाध्यक्ष भीम बहादुर अदै, सचिव नैना अदै, कोषाध्यक्ष नरमान अदैसहितका पदाधिकारी चयन भएका छन्। केर सिंह अदै, दिल बहादुर अदै, लाल प्रसाद अदै र छाम बहादुर अदै सल्लाहकारमा रहेका छन्।

देशभर करिब १३०० अदै समुदाय रहेको र मुख्यत: बागलुङको ढोरपाटनमा बसोबास हुने जानकारी दिँदै प्रमुख अतिथि केर सिंह अदैले कपिलवस्तुमा करिब ८५ जना अदैको बसोबास रहेको बताए।कार्यक्रमको सञ्चालन गोविन्द अदैले र स्वागत मन्तव्य मन बहादुर अदैले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ